punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार आरोपमा वडाध्यक्ष कारागार चलान

Chaupati
safha napa

बलात्कार आरोपमा पक्राउ परेका गोरखाको पालुङटार नगरपालिकाका वडाध्यक्ष कारागार चलान भएका छन् । वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका हुन् ।

बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।

उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । बलात्कार आरोप लागेपछि उनलाई जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्वनसमेत गरिसकेको छ ।

 

 


११ भदौ २०७७, बिहीवार १९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु