punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कारागारमा कैदीको शंकास्पद मृत्यु, शरीरमा निलडाम

Chaupati
safha napa

जिल्ला कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर- ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको हो ।

बुधबार कारागारमा मृत्यु भएका उनलाई साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालले लगतै मृत घोषित गरेको थियो । मृतकको शरीरमा निलडाम रहेकाले आफन्तले कुटपिटपछि हत्या भएको आरोप लगाएका छन् । उनको टाउको र खुट्टामा चोट देखिएको आफन्तले बताएका छन् ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका युवकको अवस्था तीन दिनअघिसम्म सामान्य थियो । तीन दिनअघि मृतकमा दाजुले उनलाई पैसा पुर्‍याइदिएका थिए ।

आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी बिहीबार शव आफन्तको जिम्मा लगाएको हो । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्ने बताए । रिपोर्ट आएपछि कुटपिट गरेको देखिए थप अनुसन्धान गरी संलग्नलाई कारबाही गर्ने उनले बताए ।

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते यता कारागार चलान भएका थिए ।

जिल्ला कारगार मोरङका जेलर सुवासकुमार लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टम पछि खुल्ने उनले बताए ।

 

 


११ भदौ २०७७, बिहीवार १७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु