punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सुदूरपश्चिममा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार कैलालीको गोदावरीका नौँ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो।

डोडी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पुष्टि भएका सबै डोटीका रहेको बताए । उनकाअनुसार जिल्लाको शिखर नगरपालिका वडा नम्वर चारका चार जना र वडा नम्वर ३ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार सात सय बढी निको भएका छन् भने हालसम्म १४ जनाको मृत्यु भइसकेको छ।

 


११ भदौ २०७७, बिहीवार १७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु