punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुम्ला पुगेर अनसनको तयारीमा डा. गोविन्द केसी, प्रहरीले गर्‍यो अवरोध

Chaupati
safha napa

लामो समयदेखि नेपालको चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानको माग राख्दै आएका डा गोबिन्द केसी पुनः अनसन बस्ने भएका छन् ।

स्वास्थ्य उपचारको लागि गाउँगाउँ पुग्ने केसी यतिबेला जुम्लामा रहेका छन् । आफूले राखेको माग सरकारले पुरा नगरेको भन्दै आजबाट अनसन बस्न लागेको भएपनि प्रहरीको अवरोधका कारण बस्न नसकेको उनका सहयोगी महेन्द्र कार्कीले लोकपथलाई जानकारी दिए । “उहाँ जुम्ला आउनुभएको २० दिन जति भयो ।

उहाँ अहिले जुम्लाको रोयल गार्डेन होटेलमा बस्नुभएको छ । सरकारले आफ्नो माग पुरा गर्छुभनी यस अघिको अनसन तोडेपनि पुरा भएनन् । सरकारले आफ्ना मागहरु अब अक्षरस पुरा गर्न दवाव स्वरुप आजबाट अनसन बस्ने भनिएको थियो । तर प्रहरीको धरपकडका कारण पुरा नभएपनि अनसनको तयारी रहेको छ ।” उनले भने ।

कोरोना महामारीकाबीच आफ्ना मागहरु लिएर जुम्ला पुगेका केसी बसेको होटेल बाहिर प्रहरीहरुको ठुलो जत्था तैनाथ रहेको र सञ्चारकर्मीलाई समेत भेट्न नदिएको उनले बताए । उनका अनुसार अनसन बस्नको लागि समेत अवरोध गरिएको र बाहिर समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । डा केसी लामो समय नेपालको चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका छन् । यो उनको १८ औँ अनसन हो ।

 


११ भदौ २०७७, बिहीवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु