punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा ट्याक्टर दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

Chaupati
safha napa

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा ट्याक्टर दुर्घटना हुँदा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामीको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परी मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल  घाइते भएको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एवं प्रहरी निरीक्षक कमलबहादुर बिष्टले जानकारी दिए।

घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको उनले बताए । ट्याक्टर चालक कमल लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


१० भदौ २०७७, बुधवार १४:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु