आज पनि घट्यो सुनको मूल्य
सुनको मूल्य आज अनि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१० भदौ २०७७, बुधवार ११:५२ बजे प्रकाशित































