कोरोना संक्रमणबाट एकै जिल्लामा चार जनाको मृत्यु
कोरोना संक्रमणबाट आज एकै जिल्लामा चारसहित आठ जनाको मृत्यु भएको छ । आज सुनसरी, मोरङ्ग, पर्सा, काठमाडौं र रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमध्य रुपन्देहीमा मात्रै एक महिलासहित चार जना छन् । आज मृत्यु हुनेमा एक जना ३८ वर्षका छन् भने बाँकी ४८ देखि ७० वर्षका व्यक्ति रहेको मन्त्रालयले जनाएको छ ।
८ भदौ २०७७, सोमवार १७:३३ बजे प्रकाशित































