punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुकुम पश्चिममा एउटै कार्यालयका १० जना कर्मचारीमा कोरोना संक्रमण

Chaupati
safha napa

रुकुम पश्चिममा कोलिनीका कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यस अघि गएको साउन २८ गते नेपालगञ्जबाट रुकुम पश्चिम पुगेका कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

कार्यलय प्रमुखको सम्पर्कमा आएका कर्मचारीको पीसिआर रिपोर्ट परीक्षण गर्दा उनीहरुमा कोरोजना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिए ।

कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या देखिएको छ । कर्मचारीको सम्पर्ककमा पुगेका सेवाग्राहीसम्म पुग्नुपर्ने भएकाले कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको हो ।

त्यसैगरी ३ जना सुरक्षाकर्मी, २ जना भारतबाट फर्किएका र अन्य ३ जना सानोभेरी गाउँपालिकाका स्थानीयवासी समेत गरेर सोमबार मात्रै १८ जनामा कोरोना देखिएको छ । त्यसैगरी कोरोनाको संक्रमण फैलिन नदिन त्यस क्षेत्रमा सिल गरिएको छ ।

 


८ भदौ २०७७, सोमवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु