कैलालीका ४७ सहित सुदूरपश्चिममा थप ५७ जनामा संक्रमण
कैलालीमा थप ४७ सहित सुदूरपश्चिममा थप ५७ जनामा संक्रमण पुष्टि भएको छ । डेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।
उनकाअनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आर्मी क्याम्पका १ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परीक्षण गरिएको थियो ।
८ भदौ २०७७, सोमवार १५:०९ बजे प्रकाशित































