इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै आतुर रहेको दोहोर्‍याएका छन् ।

हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताए ।

ट्रम्पले बुधबार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको जानकारी दिए । युद्ध कुन चरणमा पुगेको छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “आशा छ, हामी युद्धको अन्तिम चरणतिर छौँ ।”

अमेरिकाको नर्थ क्यारोलिनामा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग उनले भने, “इरान सम्झौता गर्न निकै उत्सुक छ । हेरौँ, यो कसरी अघि बढ्छ ।”

इरानबाट प्रत्यक्ष सन्देश आएको हो वा मध्यस्थकर्तामार्फत भन्ने अर्को प्रश्नमा ट्रम्पले आफूले इरानी पक्षबाट सोझै खबर पाएको स्पष्ट पारे ।


१ असोज २०८३, बिहीवार ०६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु