सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको छ।

बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी रु चार हजार ३९० मा किनबेच भएको थियो।


२३ असोज २०८३, शुक्रवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु