आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा तीन हजार २०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ८२५ रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र असली चाँदी तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
१३ कात्तिक २०८३, शुक्रवार ११:४५ बजे प्रकाशित














