ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युरोपेली सङ्घ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री बालेनले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।
यसअघि चैत २५ गते प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए ।
११ जेठ २०८३, सोमवार १७:०३ बजे प्रकाशित













