punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुटवल र भरतपुरमा कोरोना संक्रमितको मृत्युु

Chaupati
safha napa

काठमाडौं, भदौ ५ । रुपन्देही र चितवनमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको मृत्यु भएको छ ।

उनी स्वर्गद्वारी नगरपालिका-७, सोत्रेका स्थायी बासिन्दा हुन्। उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा।सुदर्शन थापाले जानकारी दिए।

भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको र त्यसपछि प्यूठानमै उपचार भइरहेको थियो।

तर, संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो। यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।

सुगर र उच्च रक्तचापको विरामीसमेत रहेका उनको आज बिहान साढे ६ बजे निधन भएको डा।थापाले बताए । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ।

यस्तै, चितवनमा पनि ६५ वर्षीय पुरुषको मृत्युभएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनकै रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरुष रहेका अस्पताल स्रोतले जनाएको छ।

अस्पतालले शुक्रबार बिहान सूचना जारी गरेर यो जानकारी गराएको हो। विगत ६ दिनदेखि कोभिड-१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको सूचनामा उल्लेख छ।

मृतक पुरुष दीर्घरोगी रहेका र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या देखिएको अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक डा।प्रमोद पौडेलले जानकारी दिए।

उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भइसकेको छ। चितवनमा पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ।


५ भदौ २०७७, शुक्रवार ०३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु