अभिनेता सुशान्तको पोस्टमार्टम गर्ने चिकित्सकलाई धम्की
अभिनेता सुशान्त सिंह राजपुतको पोष्टमार्टम गर्ने चिकित्सकलाई धम्की आउन थालेको छ । अटोप्सी रिपोर्ट बनेका चिकित्सले आफूलाई ज्यान मार्ने धम्की आउन थालेको बताएका हुन् ।
उनले आफूलाई फोनमा समेत अपशब्द बोल्दै धम्कीहरु आउन थालेको बताएका छन्। रिपोर्टको वास्तविकता लुकाएको भन्दै फोन गर्नेहरुले ती चिकित्सकलाई समस्यामा पारिरहेको बताइएको छ। अभिनेता सुशान्तको निधन १४ जुनमा भएको थियो।
४ भदौ २०७७, बिहीवार ०९:४७ बजे प्रकाशित































