चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं, भदौ ४ । चितवनमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नम्वर १३ का ६५ वर्षका पुरुषको भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएको हो।
उनी ६ दिनदेखि संक्रमण भई भरतपुर अस्पतलमा उपचाररथ थिए । अस्पतालले उनलाई बिहीवार दिउसो २.५७ बजे मृत घोषणा गरेको हो।
मृत्यु भएका पुरुष विभिन्न रोगबाट संक्रमित समेत भएको अस्पतालले जानकारी दिएको छ। अहिलेसम्म देशभर कोरोनाबाट १ सय २१ जनाको मृत्यु भइसकेको छ।
४ भदौ २०७७, बिहीवार ०९:५४ बजे प्रकाशित































