punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव समूहका दुई कार्यकर्ता जेल चलान

Chaupati
safha napa

धनगढी, भदौ ४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता कारागार चलान भएका छन्।

गत ८ साउनमा पक्राउ परेका धनीराम लावड र विष्णुराज लेखकलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदम बिष्टले जानकारी दिए।

उनीहरुसंगै पक्राउ परेका चक्र विक र प्रताप ओड भने जनही ७५/७५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । लावड र लेखकबाट जिल्ला अदालत दार्चुलाले जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो।

शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्टले चढ्ने १३३२ नम्बरको पल्सर मोटरसाइकलमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो।


४ भदौ २०७७, बिहीवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु