आज घट्यो सुनको मूल्य
धनगढी, भदौ ४ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेरको छ । सुन आज प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
४ भदौ २०७७, बिहीवार ०७:१० बजे प्रकाशित































