punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात जनताले स्तरीय स्वास्थ्य सेवा पाउने छन् : मुख्यमन्त्री शाह

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुपका जनताले स्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्  ।

बुधबार मुख्यमन्त्री शाह र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुबीच विश्वविद्यालय सञ्चालनका सम्बन्धमा छलफल थियो । छलफलमा मुख्यमन्त्री शाहले सुपका जनतामा स्तरीय स्वास्थ्य सेवा पहुँच पुर्याउनका लागि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

साथै उनले विश्वविद्यालय जनताको स्वास्थ्य र शिक्षासँग प्रत्य क्षरुपमा जोडिएकोले यसको सञ्चालनका लागि सरकार तयार रहेको र सरकार तर्फबाट गर्नुपर्ने आवश्यक सहयो गर्न तयार रहेको बताए । बैठकमा सुदुरपश्चिमको गौरवको आयोजना विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे समेत छलफल भएको थियो ।

छलफलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी, रजिस्ट्रार प्रा.डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।


१३ फागुन २०८२, बुधवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु