punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सोमबार बिहान करिब सवा १ बजे ग२ख १४२१ नम्बरको बस धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–चरौदी नजिकै रहेको चाइनाधाराबाट नदीमा खसेको हो।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। घाइते २५ जनालाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिएका छन्। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। घटना राति भएको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


११ फागुन २०८२, सोमवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु