punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर्राष्ट्रिय क्योकुशिन–कान “नेशन्स कप” का लागि मुकेश कुमार चन्द दिल्ली हुँदै मस्को प्रस्थान

Chaupati
safha napa

कैलाली। क्योकुशिन–कान अन्तर्राष्ट्रिय प्रतियोगिता “नेशन्स कप” मा सहभागी हुन भजनी नगरपालिका, कैलालीका खेलाडी मुकेश कुमार चन्द २४ फेब्रुअरीमा दिल्ली प्रस्थान गर्न लागेका छन्। उनी भजनी नगरपालिकाबाट यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने एक मात्र खेलाडी हुन्।

उक्त प्रतियोगिता २८ फेब्रुअरीदेखि १ मार्च २०२६ सम्म रूसको राजधानी मस्कोमा आयोजना गरिनेछ। नेपालबाट कुल पाँच जना खेलाडी र एक जना प्रशिक्षक सहभागी रहनेछन्। अन्य खेलाडी तथा प्रशिक्षक काठमाडौँबाट सिधै दिल्ली पुग्ने कार्यक्रम रहेको छ भने मुकेश कुमार चन्द २६ फेब्रुअरी बिहान ४ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मस्कोतर्फ प्रस्थान गर्नेछन्।

विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै देश र नगरको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ।

यस अवसरमा सहयोग, हौसला तथा साथ प्रदान गर्ने भजनी नगरपालिका, उद्योग वाणिज्य संघ, शुभेच्छुक, खेलप्रेमी तथा सम्पूर्ण समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।


१३ फागुन २०८२, बुधवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु