punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महोत्तरीमा हिँडडुल पनि गर्न नपाइने, निषेधाज्ञा जारी

Chaupati
safha napa

महोत्तरी, भदौ २ । कोरोना संक्रमण बढ्दै गएपछि महोत्तरीमा १० दिनसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरि १० दिनको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिकाका वडा नम्बर ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो। अत्यावश्यक काम र निर्माण कार्यलाई अवरोध नपुग्ने गरी भदौ १० गते मध्यरातसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ। औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन्।


२ भदौ २०७७, मंगलवार ०२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु