punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्मभूमिको सम्झनामा यसरी बहकिए सर्बिन (भिडियोसहित)

Chaupati
safha napa

काठमाडौं, भदौ १ । गायक सर्बिन बोगटीले आफ्नो जन्मभूमिलाई सम्झिदै आफ्नै कर्णप्रिय आवाजमा ठाडी भाकाको गीत बजारमा ल्याएका छन् । उत्कृष्ट शब्द भाका रहेको ‘उस्तै छैकी कि फेरी’ बोलको गीत बजारमा उनले आफ्नै युटुब च्यानलमार्फत बजारमा ल्याएका हुन् ।

गीतमा समेटिएका टिपिकल शब्दले जन्मथलोका अवस्था र विगतलाई स्पष्ट पर्न बल पुर्याएको छ । जन्मेहुर्केको ठाउँ, प्रदेशीयका नेपालीहरुको दुःख, संघर्ष र जीवन कहानीलाई गीतमा उतार्ने प्रयास गरिएको छ ।

गीतमा सुस्मिता कुवँर र गायक बोगटीको अभिनय देख्न सकिन्छ। जीबी आग्री र सुनिल पाण्डेको संयुक्त निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु राजेन्द्र पालले क्यामेरामा कैद गरेका हुन्। गीतको म्युजिक भिडियो सिलन लम्सालले सम्पादन गरेका हुन्।


१ भदौ २०७७, सोमवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु