punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको वडा कार्यालय बन्द, बाहिर निस्कन नपाइने

Chaupati
safha napa

धनगढी, भदौ १ । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को कार्यालय बन्द गरिएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि वडा कार्य समितिको बैठकले १० गते सम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

समुदायस्तरसम्म कोरोना संक्रमा देखिन थालेपछि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलवहादुर ऐरले बताए। उनका अनुसार वडामा व्यापार व्यवसाय भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न दिईने छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

धनगढी उप–महानगरपलिका वडा नम्वर ३ मा अहिलेसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ ।


१ भदौ २०७७, सोमवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु