थप ५८१ जनामा कोरोना संक्रमण
काठमाडौं, भदौ १ । नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा आज गरिएको ११ हजार ५२० नमुना परीक्षण गर्दा ५८१ जनामा कोरोना संक्रमण देखिएको हो ।
उपत्यकामा मात्रै १६८ जनामा कोरोना देखिएको छ । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।
१ भदौ २०७७, सोमवार ११:१५ बजे प्रकाशित































