एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित हुँदै

काठमाडौं, भदौ १ । एसईईको नतिजा आजै आउँदैछ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ ।

नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक जारी छ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।

सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षाफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय पुग्नुपर्ने व्यवस्था हटाइएको छ। विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।


१ भदौ २०७७, सोमवार ११:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु