बारामा झडप रोक्न १३ राउण्ड हवाइ फायर
बारा, भदौ १ । बारामा सिचाई कुलोको विषयमा दुई पक्षबीच भएको झडपलार्र्ई साम्य पार्न प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।
बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका बासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको जानकारी दिए ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आयो’ उनले भने ।
झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।
१ भदौ २०७७, सोमवार १०:२७ बजे प्रकाशित













