punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१६ दिन आइसोलेनमा बसेपछि पनि कोरोना पोजेटिभ

Chaupati
safha napa

बैतडी, साउन ३० । बैतडीको सुर्नया गाउँपालिका–७ का दुई जनालाई २१ र २९ वर्षका दुई पुरुषलाई क्वारेन्टाइनमा बसेको १६ दिनपछि कोरोना पोजिटिभ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फर्किने बेला कोरोना पुष्टि भएको हो ।

उनीहरु स्थानीय जनप्रतिनिधिले वडा नम्बर ६ स्थित सिगास माविको क्वारेन्टाइनमा बसेका थिए । १३ दिन क्वारेन्टामा बसेर घर जाने तयारी गरिरहेका उनीहरुको साउन ४ गते आरडीटी गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार दुवै जनाको त्यही दिन स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

आइसोलेसनमा बसेको पाँच दिनपछि फेरि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट आउन १६ दिनपछि आउँदा पुनः संक्रमण देखियो । तर १४ दिनभन्दा बढी समय आइसोलेसनमा बसिसकेको र लक्षण पनि नभएकाले बिहीबार घर पठाइएको छ ।

उनीहरुलाई घरमै सावधानी पूर्वक बस्ने शर्तमा साउन २९ गते घर पठाएको छ । महराका अनुसार सुर्नया गाउँपालिकामा अहिलेसम्म २८ जनामा संक्रमण पुष्टि भएकोमा सबै जना घर गइसकेका छन् ।


३० साउन २०७७, शुक्रवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु