punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थपिए १० जना कोरोना संक्रमित

Chaupati
safha napa

धनगढी, साउन ३० । सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार स्टार अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप एक जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पाँच जनामा कोरोना देखिएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८ सय ८९ र डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ४१ जनाको परीक्षण गरिएको थियो ।

धनगढीको प्रयोगशालामा एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। सूचना अधिकारी श्रेष्ठले अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए।

डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालकाअन्सार बझाङका बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९ सय ७९ पुगेको छ।


३० साउन २०७७, शुक्रवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु