punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीफन्टा नाकामा भारू ५७ लाखको सामान बरामद

Chaupati
safha napa

धनगढी। भारतीय भन्सारका अधिकारीहरूले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भारतीय रुपैयाँ ५७ लाखको दाल, काली मिर्च र लत्ताकपडा बरामद गरेका छन्। भन्सार अधिकारीहरूले बिहीबार गौरीफन्टा नाकामा चेकजाँचको क्रममा चनाको दाल लोड गरिएको ट्रकबाट लत्ताकपडा र काली मिर्च बरामद गरेका हुन्।

भारतीय अधिकारीले दिएको जानकारीअनुसार आरजे ११ जिसी २१०५ नम्बरको ट्रकबाट बिलबिजक बिनाको कमिज, पैन्ट, बाल मिक्सर र बिब कोक र काली मिर्च बरामद गरेका हुन्। भारतको दिल्लीबाट धनगढी हुँदै काठमाडौँ जान लागेको ट्रकलाई गौरीफन्टा नाकामा जाँच गर्दा ट्रकभित्र लुकाई छिपाइ राखेको अवस्थामा एक हजार ६२० पिस जेन्स सर्ट, ३८७ पिस जेन्ट्स पैन्ट, २१६ पिस ओरिओन ब्रान्ड बाल मिक्सर र ९८० पिस ओरिओन ब्रान्ड बिब कोक बरामद गरिएको भारतीय भन्सार अधिकारीले जानकारी दिए।

सोही ट्रकमा १८ हजार किलोग्राम चनाको दालभित्र १९ क्वीन्टल काली मिर्च ल्याएको फेला परेको थियो।


१ साउन २०८३, शुक्रवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु