व्यक्ति अपहरणको आरोपमा गाउँपालिका अध्यक्ष घरबाटै पक्राउ
काठमाडौं, साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा उनलाई रामेछाप प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनी विभिन्न विवादमा मुछिदै आएका छन् ।
तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेको भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
३० साउन २०७७, शुक्रवार १०:२१ बजे प्रकाशित































