punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटी बस दुर्घटना : मृतक तीनै जनाको सनाखत

Chaupati
safha napa

धनगढी, साउन २८ । डोटीमा आज विहानै भएको बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ ।

दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का ५९ वर्षीय पदम साउँद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकारा विक र साफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्र मल्लले जानकारी दिए।

उनकाअनुसार उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस्तै दुर्घटनामा परी घाइते भएकामध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ । बस चालक पनि समान्य घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएका ३२ जना यात्रु सवार ना ६ ख २५२९ नम्बरको बस आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलौटमा दुर्घटनामा परेको थियो।


२८ साउन २०७७, बुधवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु