punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट नेपालमा एकैदिन ८ जनाको मृत्यु, ४८४ संक्रमित थपिए

Chaupati
safha napa

काठमाडौं, साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनामा गरेको पिसिआर परीक्षणबाट ४८४ नयाँ सङ्क्रमित देखिएका हुन् । यससंगै नेपालका सङ्क्रमितको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमकाअनुसार मोरङ, सप्तरी, महोत्तरी, बारा, धनुषा, काठमाडौं, धादिङ र बुटवलका गरी थप ८ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ ।


२८ साउन २०७७, बुधवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु