punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी तीन प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

Chaupati
safha napa

काठमाडौं, साउन २८ । आज देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

बागमती, प्रदेश ५ , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू साथै प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका १र२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज राति पनि देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली  प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

 


२८ साउन २०७७, बुधवार ०१:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु