punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा गम्भीर समस्या, अमेरिका जाने तयारी

Chaupati
safha napa

मुम्बई : चर्चित बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर देखिएको छ ।

उनको क्यान्सर तेस्रो तेस्रो चरणमा पुगिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर हिन्दुस्थान टाइम्सले भने क्यान्सर चौथो चरणना प्रवेश गरेको बताएको छ । क्यान्सरको चौथो चरणमा प्रवेश गर्नु भनेको उपचारको सम्भावना दुर्लभ हुनु हो ।

यद्यपि दत्तको क्यान्सर भने शीघ्र र गम्भीर उपचार गर्दा निको हुनसक्ने सम्भावना रहेको टाइम्स अफ इण्डियाले खबर लेखेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल पुगेका थिए । सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् । थप उपचारको लागि अमेरिका जाने तयारी सुरु भएको जनाइएको छ ।

अस्पतालमा परीक्षणको क्रममा उनको छातीमा तरलपदार्थ पाइएको र अक्सिजनको मात्रामा तलमाथि भइरहेको देखिएको छ ।


२८ साउन २०७७, बुधवार ०२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु