punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा केबलकार निर्माण भए पर्यटन क्षेत्रको कायापलट हुन्छ : प्रदेश प्रमुख मियाँ

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशको पर्यटन प्रवर्द्धनमा केबलकार आवश्यक रहेको टिप्पणी गरेका छन् ।

लुम्बिनी केबलकारको अवलोकन भ्रमण गर्दै उनले प्रदेशका केही सीमित स्थानमा यस्तो आवश्यकता रहेको उनले औँल्याए ।

‘लुम्बिनीको पर्यटन प्रवर्द्धनमा केबलकारले ठूलो भूमिका खेलेको छ’ प्रदेश प्रमुख मियाँले भने ‘पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशमा पनि केही स्थानमा यस्तो संरचना आवश्यक छ।’

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटा पनि केबलकार छैन । उनले सम्भाव्यता अध्ययन गरेर अन्य विकल्प नभएको स्थानमा केबलकार निर्माण आवश्यक रहेको बताए।

प्रदेश प्रमुख मियाँलाई लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले स्वागत गर्दै लुम्बिनी केबलकारको बारेमा जानकारी गराएका थिए ।

२०७७ फाल्गुण १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको केबलकारको २०८० साल जेठ २५ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

कोभिड लकडाउन लगायतको समयमा पनि झण्डै १४ महिनाको केबलकार चलेको थियो ।
लुम्बिनी प्रदेशको पहिलो केबलकारले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका लेखेको प्रदेश प्रमुख मियाँले बताए।

लुम्बिनी केबलकारको बुटवल उपमहानगरपालिका वडा नं.–३ मा बटम स्टेसन तथा तिनाउ-३ पाल्पामा टप स्टेसन रहेको छ । १२ मिनेटको केबलकारको यात्राबाट तिनाउ- ३ पाल्पा वसन्तपुरमा पुग्न सकिन्छ ।

टप स्टेसन वसन्तपुरमा नेपालको प्रमुख धाम मध्येको एक शक्ति पीठ माँ कामाख्याका मन्दिर रहेको छ । केबलकारको टप स्टेसन परिसरमा जीप लाइन, स्काई साइक्लिङ्ग, जाइन्ट स्विङ्ग एवं बालउद्यान रहेका छन् ।


२२ चैत २०८१, शुक्रवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु