punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङको एक गाउँपालिकाका हाकिम जिप चालकबाट कुटिए

Chaupati
safha napa

धनगढी। बझाङको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन्।

जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको हो।

छबिसपाथिभेरा गाउँपालिका–२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर बिहिवार यादवमाथि आक्रमण गरेका थिए। यादव हालै हाकिमको रूपमा पालिका आएका हुन्। कुटपिटबाट यादवलाई चोटपटक लागेको छ। उनको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। जिपका चालक रहेका ऐडी छविसपाथिभेरा गाउँपालिकाका खेलकुद समिति सदस्यसमेत हुन्। उनले पालिकाले आफ्नो जिप प्रयोग गरी भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय, बझाङले उनीहरूलाई बोलाएको छ। जिल्ला प्रहरी कार्यालयमा केही व्याक्तिहरू पुगेका र ऐडी पनि आउदै गरेका प्रहरीले बताएको छ। प्रयोग गरिएको जिपको भाडाको बजेट अभावले रोकिएको र रकमान्तर गरेर भुक्तानी गरिने पालिकाले जनाएको छ। गाउँपालिकाले एक लाख ४३ हजार ऐडीको गाडी प्रयोग गरेको भाडा बाफतको रकम तिर्न बाँकी रहेको बताएको छ। चालु आर्थिक वर्षमा गाडी भाडाका लागि विनियोजन भएको चार लाखमा तीन हजार पाँच सय मात्र बाँकी रहेकाले भुक्तानी दिन नसकिएको गाउँपालिकाले बताएको हो।

जिप चालक ऐडी छविसपाथिभेरा गाउँपालिकाकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका गगन ऐडीका भतिजासमेत हुन्। केही समय अगाडि मात्रै मन्त्रालयले सिनियरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने भनेर परिपत्र गरेपछि गगन हटेर सन्जय आएका थिए।

 


२२ चैत २०८१, शुक्रवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु