punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा अस्पतालको निर्देशकमा डाक्टर प्रमोदकुमार यादव नियुक्त

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढी स्थित गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डाक्टर प्रमोदकुमार यादव नियुक्त भएका छन्।

केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो। यसअघिका निर्देशकले राजीनामा गरे पछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन्।

यसअघि डाक्टर यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।


७ चैत २०८१, बिहीवार १५:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु