धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना
धनगढी, साउन २५ । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत एक गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ की १९ वर्षीया महिलामा आइतबार कोरोना पुष्टि भएको हो ।
उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको साउन २३ गते स्वाब संकलन गरिएकोमा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
शनिवार राति माया मेट्रो अस्पताल धनगढीमा पुगाइएकी ति महिलालाई अहिले सेती प्रादेशिक अस्पताल पठाइएको माया मेट्रो अस्पतालका डाक्टर मोहन साउदले बताए। स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पु¥याइएको र उनमा कोरोना समेत पुष्टि भएको उनले बताए।
उनकाअनुसार महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आईसोलेसनमा राखिएको छ। उता संक्रमित महिलाका श्रीमानसहित उनको परिवारका सदस्यको स्वाब संकलन गरिने स्वास्थ्य शाखा बैतडीले जनाएको छ।
२५ साउन २०७७, आइतवार १३:२७ बजे प्रकाशित































