punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहमति कार्यान्वयन नभएको भन्दै विरोधमा उत्रियो प्रतिपक्ष

‘मुख्यमन्त्रीले सदन र प्रतिपक्ष दुबैको अपमान गरे’

Chaupati
safha napa

धनगढी, साउन २५ । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीले सम्बोधन नगरेको भन्दै प्रतिपक्ष दल विरोधमा उत्रिएको छ । आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अनुपस्थित भएर विरोध गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विशेष सम्बोधन कार्यसूचिमा नभएपछि प्रतिपक्षी दलहरु बैठकमा सहभागि नभएको जनाइएको छ । साउन २० गते बसेको प्रदेश सभाको कार्यपरामर्श समितिको बैठकमा २२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विशेष सम्बोधन गर्ने सहमति भएको थियो ।

२२ गते मुख्यमन्त्रीले तयारी नपुगेको भन्दै समयको माग गरेका थिए । सोही अनुसार सभामुख थापाले २५ गते (आइतबार) बैठक आह्वान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले आजको बैठकमा पनि मुख्यमन्त्रीको सम्बोधन कार्यसूचिमा समेटिएकाले उपस्थिति नजनाएको बताए ।

उनले कार्य परामर्श समितिको बैठकमा भएको सहमति अनुसार सदन अघि बढ्नुपर्ने बताए । उनले सदन सञ्चालनको अवस्थाले प्रतिपक्षी दल र समग्र सदनकै अपमान भएको बताए। उनले मुख्यमन्त्रीले सदनलाई र प्रतिपक्षी दलहरुलाई अपमान गरेको आरोप लगाए ।

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सुदूरपश्चिम प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोग संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूचि सार्वजनिक गरिएको थियो ।

प्रदेशका सभामुख अर्जुनबहादुर थापाले कार्यपरामर्श समितिमा सहमति भएपनि मुख्यमन्त्रीले आइतबारनै पत्र पठाएर २७ गतेको समय माग गरेको बताए । मुख्यमन्त्रीले २७ गते बोल्ने भनेर पत्र पठाएपछि विधेयकमाथिको सामान्य छलफल अघि बढाउन भनी कार्यसूचि तयार गरिएको बताए । उनले सामान्य कुरामा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने सुझाव दिए ।


२५ साउन २०७७, आइतवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु