तोलामा एक लाख ६९ हजार ६ सय पुग्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज एक तोला सुनको मूल्य एक लाख ६९ हजार ६ सय रुपैयाँ पुगेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो ।

त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९७५ तोकिएको छ । आइतबार सोही परिमाणकाे चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।


२८ माघ २०८१, सोमवार १४:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु