चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन पहल भैरहेको छ : परराष्ट्रमन्त्री राणा

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन पहल भैरहेको बताएकी छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै मन्त्री राणाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेन बनाउनका लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन् ।

‘राजमार्गलाई ६ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । ६ लेनको सडक निर्माणका लागि छिट्टै काम सुरू हुन्छ,’ उनले भनिन् ।

मन्त्री राणाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन् । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताइन् ।


२८ माघ २०८१, सोमवार १४:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु