punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वीरको इमरजेन्सीमा कार्यरत अर्का चिकित्सकमा पनि संक्रमण

Chaupati
safha napa

 

काठमाडौं,साउन २३। वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ। यसअघि बिहीबार मात्रै वीरमै कार्यरत जनरल मेडिसिनका  एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो।

शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन्। दुई तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरेका उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।

आज संक्रमित डाक्टरमा लक्षण देखिएकाले अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ। यसअघि बिहीबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो।
अस्पतालमा उपचारत बिरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्ससहित ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

अस्पतालले आफ्ना स्टाफका लागि सुनधारामा एक गेष्टहाउस भाडामा लिएर अस्थायी क्वारेन्टिन बनाएको छ। वीर अस्पताल स्रोतले भन्यो, ‘चिकित्सकलाई नै संक्रमण देखिएपछि दुई जना चिकित्सकको सम्पर्कमा आएका ३५ जना स्टाफलाई सुन्धाराको होटलमा क्वारेन्टाइन राखिएको छ।’


२३ साउन २०७७, शुक्रवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु