punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा २४ घन्टामा सबैभन्दा धेरै कोरोना संक्रमित फेला

Chaupati
safha napa

काठमाडौं, साउन २२ । भारतमा पछिल्लो २४ घण्टामा विश्वभरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका हुन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ का कारण ९१९ जनाको मृत्यु भएको छ।

हिजो अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए। यससँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ।

यसैगरी, हालसम्म साउथ अफ्रिकामा पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना संक्रमण देखिएको छ।


२२ साउन २०७७, बिहीवार ०१:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु