punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको परीक्षणमा सात महिने बालिकासहित थप ३२ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी, साउन २१ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो।

लम्की चुहा नगरपालिकाका ९ महिला र आठ पुरुष गरी १७, भजनी नगरपालिकाका दुई पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनकाअनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० वर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार आठ सय ७० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भइसकेको छ।


२१ साउन २०७७, बुधवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु