सुदूरपश्चिममा थप ४३ जनामा कारोना संक्रमण पुष्टि

धनगढी, साउन २१ । सुदूरपश्चिममा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा प्रयोगशालामा गरिएको परीक्षक्षणमा ११ र सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३२ जना गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेल्धुरा प्रयोगशालाको परीक्षणमा बझाङका ११ जनामा कारोना संक्रमण पुष्टि भएको हो। यसै गरि सेती प्रादेशिक स्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८६ स्वाव परिक्षणमा कैलालीका ९ महिला र १२ पुरुष, अछामका ४ महिला र तीन पुरुष, बझाङका २ महिला र १ पुरुष तथा कञ्चनपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा कैलालीको लम्कीका ९ महिला र ८ पुरुष, गोदावरी नगरपालिका ४ का एक पुरुष, भजनीका दुई पुरुष र टिकापुर नगरपालिका–५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी बझाङको जयपृथ्बी नगरपालिकाका एक महिला र एक पुरुष, खप्तड छान्न गाउँपालिकाकी दुई महिने बालिका, बान्नी गढी अछामका ४ महिला र दुई पुरुष र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


२१ साउन २०७७, बुधवार ११:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु