एसईई नतिजा बुधबार सार्वजनिक हुने

काठमाडौं, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन् ।

बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ । योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए । स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए । तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो । बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन ।

बिगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो। तर यस पटक स्कुल आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता छैन । सोमबार सार्वजनिक हुने सम्भावना कम छ ।


१९ साउन २०७७, सोमवार १४:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु