नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण
काठमाडौं, साउन १९ । नेपालमा आज थप ४१८ जनामा कोरोना संक्रमित फेला परेका छन् । यसंगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
आज ८ हजार ८६१ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ छ ।
यस्तै निको हुनेको संख्या १४ हजार ९६१ जना पुगेको छ । आज ३५८ जना निको भएका छन् । आइतबार १११ जना निको भएका थिए । शनिबार ९३ जना निको भएका थिए । शुक्रबार १५१ जना निको भएका थिए । यस्तै विहिबार २२७ जना निको भएका थिए । ७२ प्रतिशत निको भएका छन् ।
यस्तै मृत्यु हुनेको संख्या ५७ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।
१९ साउन २०७७, सोमवार ११:०५ बजे प्रकाशित













