टसमस भएनन् ओली, प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार
काठमाडौं, साउन १९ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । भेटवार्ता सहमतिका लागि सम्बाद गर्ने सहमतिमै सीमित भएको छ ।
पार्टीभित्र गहिरिएको संकट हल गर्न भन्दै आइतवार र सोमवार वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वयले भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले पार्टीभित्रको संकट सचिवालयबाट हल गर्नुपर्ने अडान राखेका छन् । उनले आजपनि अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पदबाट आफूले राजीनामा नदिने अडान राखे ।
उनी पार्टीभित्रको विवाद सचिवालयबाट हल गर्नुपर्ने, पटक(पटक स्थगित भएको स्थायी कमिटी बैठक तत्काल सुचारू गर्न नसकिने र केन्द्रीय कमिटीको बैठक बोलाउन नसकिने अडानमा रहेको स्रोतले बतायो ।
अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाटै निर्णय गरेर जाऔं भनेर राखेको प्रस्तावमा ओली सकारात्मक देखिएका छैनन् ।
१९ साउन २०७७, सोमवार ०७:०५ बजे प्रकाशित































