कोरोनाबाट भारतको उत्तर प्रदेशकी शिक्षा राज्यमन्त्रीको मृत्यु
एजेन्सी ,१८ साउन । भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा उत्तर प्रदेशकी शिक्षाराज्यमन्त्री कमल रानी वरुण रहेकी छिन ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको आइतबार बिहान मृत्यु भएको हो। उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना देखिएपछि उनलाई लखनउस्थित एसजीपीआई अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जनाएको छ।
१८ साउन २०७७, आइतवार ०८:०७ बजे प्रकाशित































